एनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टीभी च्यानल स्टार स्पोर्ट्स बाट,मुख्य प्रायोजक सिद्धार्थ बैंक

Jhalkonepal

काठमाडौं,कात्तिक ३०

नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टीभी च्यानल नेटवर्क स्टार स्पोर्ट्स बाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको जानकारी दिएका छन् ।
सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गरेका छन् ।
 एनपीएलकाे टाइटल स्पोन्सर पनि तय भएको छ । सिद्धार्थ बैंकले एनपीएलकाे टाइटल प्रायाेजन गरेकाे हाे ।
उक्त बैंकसित पाँच वर्षको सम्झौता गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।


एनपीएल मंसिर १६ देखि शुरु हुँदैछ । आठ टिम सहभागी रहेका छन् । 
 
 
 

प्रतिक्रिया