आजको मौसम कहाँ कस्तो छ ?

Jhalkonepal

काठमाडौं, चैत ३

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो र राति कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।।

मधेस प्रदेशमा दिउँसो र राति आंशिक बदली रही मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि आइतबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया