आँबुखैरेनी दुर्घटना: २७ जना पुग्याे मृत्यु हुनेकाे संख्या ,१६ जना घाइते

Jhalkonepal

तनहुँ, भदौ ७

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

घाइते मध्ये १२ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई दिनअघि (भदौ ५) गते भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय हुन् ।

प्रतिक्रिया