शिक्षकलाई अव महिनावारी तलब

Jhalkonepal

काठमाण्डौं, जेठ २

सरकारी शिक्षकहरुले आगामी आर्थिक वर्ष देखि मासिक रुपमा तलब पाउने भएका छन । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को साउनदेखि शिक्षकको तलब मासिक रूपमा दिने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकको तलब मासिक रूपमा दिने कुरा उल्लेख गरिएको छ ।

यसअघि शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएकोमा अब मासिक रूपमा दिने नीति घोषणा गरिएको छ ।

शिक्षा सम्बन्धि नीतिमा शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने नीति सरकारले लिएको छ ।

प्रतिक्रिया