काठमाण्डौ, भदाै ३०
काभा महिला भलिबल क्लब
च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।
पुलिसले उज्वेकिस्तानको
हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो । नेपालको लिगको विजेताका
रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएकाे हाे ।
अब पुलिस क्लबले भोलि श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ
। तेश्रो खेलमा पर्सि मङ्गलवार ताजकिस्तानको क्लब र चौंथो तथा समूह चरणको अन्तिम
खेलमा बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।
२९ भदौ २०८१, आईतबार ०७:०४ मा प्रकाशित