काठमाडौं, फागुन २७
चैत्र ५ मा हुने
स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी
दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन
विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।
काठमाडौं
उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन
(आज)का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन
नसकेको परिषद्ले जानकारी गराएको छ ।
विद्यार्थीहरूको
विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन । उपत्यकाका
अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले
जानकारी गराए ।
मधेस २, काठमाडौंका ४ र लुम्बिनीको एक गरी सात
क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको केसीले बताए । ६२ आंगिक क्याम्पसमध्ये ५५ मा शान्तिपूर्ण
ढंगले उम्मेदवारको मनोनयन दर्ता भएको छ,’ केसीले भने ।