सीआईबीले लियाे प्रतिनिधिसभाका सांसद एवम् उद्यमी चौधरीसँग बयान

Jhalkonepal


काठमाण्डौ,चैत ८ 

सीआईबीले प्रतिनिधिसभाका सांसद एवम् उद्यमी विनोद चौधरीसँग बयान लिएको छ । नेपाली कांग्रेसका सांसद चौधरीसँग सीआईबीका अनुसन्धान अधिकृतहरूले बिहान जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

यसअघि हिजो सीआईबीले चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । 

अनुसन्धानका लागि विनोद चौधरीका भाइ अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ ।


प्रतिक्रिया