कुपण्डोलमा भासियो सडक, निस्कियो पानी

Jhalkonepal

काठमाडौं, भदौ २९  

शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडकको बीच भाग नै भासिएको छ ।

कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ । पानी निस्किएका कारण सडक नै भासिएको छ ।

सडकमा बगेको पानीले यातायात समेत प्रभावित बनेको छ । पानीको बहावका कारण केही मोटरसाइकल समेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ । यसअघि काठमाडौंको इमाडोलमा पनि सडक भासिएको थियो ।

 

प्रतिक्रिया