अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा सुनसरीका जिबी गजल

Jhalkonepal

विराटनगर, भदौ १६ 

 नेकपा एमालेनिकट अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा सुनसरीका जिबी गजल सर्वसम्मत चयन हुनुभएको छ । हिजो शुक्रवार विराटनगरमा शुरु भएको अधिवेशनले विद्यार्थी नेता गजललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा धनकुटाका अकित थापा,झापाका नारायण पोखरेल र सचिवमा मोरङका सन्तोष घिमिरे चयन हुनुभएको छ । 

कमिटीमा सहसचिवमा उदयपुरका प्रवेश ठकुरी,इलामका पारस राई,झापाकी लक्ष्मी न्यौपाने,तेह्रथुमकी रन्जना घतानी र कोषध्यक्षमा नवराज घिमिरे चयन हुनुभएको छ । 

प्रतिक्रिया