काठमाण्डाैं, असार २६
नेकपा एमालेले एक व्यक्ति एक
पद लागू गर्ने भएकाे छ ।
अध्यक्ष केपी शर्मा
ओलीका हकमा भने याे प्रावधान लागू हुने छैन ।
बुधबार बसेको एमाले सचिवालय
बैठकले नेताहरूकाे नयाँ जिम्मेवारीको आधार तयार गरेको छ ।
यसअघि गत असारमा एमालेले नेताहरूकाे जिम्मेवारी
हेरफेर गर्दै फरक-फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिएको थियो । एक वर्षकाे
कामकाे मूल्यांकन गर्दै नेताहरूलाई नयाँ जिम्मेवारी दिइन लागेकाे हाे ।
आजको बैठकले नयाँ कार्य
विभाजनको आधार तयार पारेको छ । जसअनुसार अब नेताहरूले दोहोरो जिम्मेवारी पाउने
छैनन् । ‘एक व्यक्ति, एक
जिम्मेवारी' नीतिका रूपमा निर्णय
भएकाले अब सरकारमा जानेहरूले पार्टी पदीय जिम्मेवारी छाड्नुपर्नेछ ।
अध्यक्ष केपी शर्मा ओलीले भने
पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै जिम्मेवारी सम्हाल्नेछन् । कांग्रेसको
समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भइसकेकाले उनले पार्टी र संसदीय मोर्चाको
नेतृत्व गर्नेछन् ।
एमालेले २०५१ सालबाटै एक
व्यक्ति, एक पदकाे नीति लिएकाे
थियाे । तर, पछि साे नीति
कार्यान्वयन हुन सकेकाे थिएन । अब स्थिर सरकार निर्माण हुने भएपछि एमालेले साे
नीति पुनः लागू गर्न लागेकाे हाे ।