काठमाडौं, असार २५
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानहरूमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, लुम्बिनी
र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको एक/दुई
स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो
तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन
महाशाखाले अनुरोध गरेको छ ।