काठमाडौँ, माघ २८
संघीय
संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र
राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त
आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ
।
उपप्रधानमन्त्री
तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित
कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि
प्रस्तुत गर्नेछन् । र सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै राष्ट्रिय
सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन
समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र
पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।