झिलिमिली भयाे पाेखरा

Jhalkonepal

पाेखरा, १७ भदाै । पाेखराका मुख्य सडक झलमल्ल भएकाे छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरे पछि सडकहरु झलमल्ल भएका हुन । २००७ वटा सडक बत्ती र २३ वटा हाइमास्ट बत्तीको पोखरा महानगर प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्रधिकरणको भनाइ छ । जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको छ ।

प्रतिक्रिया