पोखरा: १७ जना जुवाडे प्रहरी नियन्त्रणमा

Jhalkonepal

पोखरा, असार २३

पोखराका छुट्टाछुट्टै दुई स्थानबाट आइतबार १७ जना जुवाडेलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । साथै यी दुई स्थानबाट करिब चार लाख १३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गबाट नौ जना र पोखरा १५ घलेचोकबाट आठ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ ।

 

रक्षामार्गबाट नियन्त्रणमा लिइएको जुवाडेको साथमा दुई लाख २२ हजार असी र घलेचोकबाट नियन्त्रणमा लिइएका जुवाडेको साथबाट एक लाख ९० हजार नौ सय ८५ रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

 

प्रतिक्रिया