काठमाडौं,मंसिर १
आजको मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ, तर कोशी प्रदेश, बागमती प्रदेश,
र गण्डकी प्रदेशका
पहाडी भू–भागमा आंशिक बदलीको स्थिति देखिने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको माैसम विभागले जानकारी दिएको छ ।
रातिको समयमा पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा
आंशिक बदली रहनेछ,
बाँकी भू–भागमा मौसम
मुख्यतया सफा रहनेछ ।
३० कार्तिक २०८१, शनिवार ०७:०३ मा प्रकाशित