ठुलो मात्रामा लागु पदार्थ र नगद सहित ३ जना पक्राउ

Jhalkonepal

सुनसरी, जेठ ३

जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु पदार्थ (गाँजा) सहित एक मानिस र सवारीसाधन पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ओसापसारको सूचना पाए पछि प्रहरीले एक्सन लिएको थियो । इलाका प्रहरी कार्यालय साहेबगंजबाट प्रहरी अधिकृतको नेतृत्वमा गएको टोलीले को १ ख७१२३  नम्बरको मिनिट्रकबाट ४५० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाजाँ सहित भारु १ लाख ५० हजार र नेरु ५२ हजार रुपिया पनि सिट मुनी लुकाइरहेको अवस्थमा फेला परेको हो । 

प्रहरीले ट्रक सहित चालक मकवानपुरका चन्द्रबहादुर पाख्रिन, मोरंगका बलबहादुर लिम्बु, र सुनसरीका अरविन्द पाललाई पक्राउ गरि कानुनी प्रकृया अगाडी बढाएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनु भएको छ । 


प्रतिक्रिया