काठमाडौं, असार १४
काठमाडौं
महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान ८
बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो
। आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।
आज आगामी
वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम
सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक
विधेयक, विनियोजन
विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१
को प्रतिवेदन, लेखा
समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची
रहेको थियो ।
यसैबीच मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै
कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा
करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र
सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले
भनेका छन्-
एमाले
काङ्ग्रेसले बिपि कोइराला, मदन
भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी
सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त
माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ
भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस
एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक
रोकेर जानु भयो ।