तुलसीपुर, असार २४
दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका
छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको
आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया
सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो ।
आज विहान तुलसीपुर उपमहानगरपालिका–९
स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको
थियो । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड
र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक
अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।
२४ असार २०८१, सोमबार ०९:२६ मा प्रकाशित