अर्जेन्टिना र ब्राजिल फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा विजयी भएका छन्।
आज विहान सम्पन्न भएको अर्जेन्टिनाले बोलिभियालाई ३.० गोलले पराजित गर्यो।
अर्जेन्टिनाका लागि इन्जो फर्नान्डेजले ३१ मिनेटमा, निकोलास टाग्लिआफिकोले ४२ मिनेट र निकोलास गोन्जालेजले ८३ मिनेटमा गोल गरे।
ब्राजिलले पेरुलाई १.० गोलले हरायो। ब्राजिलको जितमा मार्किन्होसले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए।
छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।
२६ भदौ २०८०, बुधबार ११:३६ मा प्रकाशित