काठमाण्डौ ,बैशाख ५
पर्वतारोहण
क्षेत्रमा विश्व रेकर्ड बनाउँदै आएका निर्मल पुर्जा अर्थात निम्स दाइले अर्को
कीर्तिमान बनाउनुभएको छ ।
उहाँले गएको
नयाँ वर्षका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको आरोहणसँगै ८ हजार मिटरभन्दा
अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोहीको कीर्तिमान बनाउनु भएको हो । पुर्जाले
विश्वकै अग्लो शिखर सगरमाथा सहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण
गरिसक्नुभएको छ ।
गएको शनिवार
अन्नपूर्ण हिमालमा भएको उहाँको ४४ औँ आरोहण हो । म्याग्दी घर भई अहिले बेलायतमा
बस्दै आएका निर्मल पुर्जा नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड
नामको कम्पनी मार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
४ बैशाख २०८१, बुधबार ११:४१ मा प्रकाशित