कैलाली, भदौ ९
धनगढीमा नेपाली कांग्रेसका सभापति
शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ ।
कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा
निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)
पदमबहादुर विष्टले एउटा पुरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु
भेटिएको बताए ।
उक्त वस्तु के हाे भन्ने कुरा नखुलेको र
नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइएको प्रहरीले जनाएको छ ।
८ भदौ २०८१, आईतबार ०६:४३ मा प्रकाशित