काठमाडाैं , जेठ ७
नवनियुक्त गभर्नर प्राध्यापक डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । उहाँलाई आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सपथ गराउनुहुनेछ । सपथलगत्तै पौडेल दिउँसो पदभार ग्रहण गर्न केन्द्रीय बैंकको बालुवाटार कार्यालय जानुहुनेछ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा.पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
७ जेठ २०८२, बुधबार १०:०७ मा प्रकाशित