काठमाडौंमा बिहानै महिलामाथि खुकुरी प्रहार, आरोपी पक्राउ

Jhalkonepal

काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिका–७, शिवचोककी सीतादेवी पन्तमाथि अन्दाजी बिहान खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ।

घाइते महिलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार, घटनामा संलग्न भएको आशंकामा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय कर्णबहादुर तामाङलाई बौद्ध प्रहरीले पक्राउ गरेको छ।

घटनापछि पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको प्रहरीले जनाएको छ। तामाङमाथि प्रारम्भिक अनुसन्धान थालिएको र खुकुरी प्रहारको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया