काठमाडौं- नेपालको शैक्षिक परामर्श क्षेत्रमा प्रविधिको नयाँ क्रान्ति सुरु भएको छ। काठमाडौंको पुतलीसडकस्थित भाषिका कन्सल्टेन्सी ले नेपालमै पहिलोपटक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रणालीमार्फत विद्यार्थीलाई शैक्षिक सल्लाह सेवा दिन थालेको छ।
विद्यार्थीहरूलाई घरमै बसीबसी आवश्यक परामर्श दिन सकिने उद्देश्यले तयार पारिएको भाषिका सफ्टवेयर मा अब एआई काउन्सिलिङ सिस्टमसमेत समावेश गरिएको छ। कन्सल्टेन्सीका संचालक इश्वरी निरौला का अनुसार, ग्रामीण क्षेत्रका युवालाई लक्षित गरेर मोबाइलकै माध्यमबाट सेवा दिने यो प्रणाली नेपालमै पहिलोपटक प्रयोगमा आएको हो।
“पहिलो चरणमा हामीले अनलाइन भाषा शिक्षाबाट सुरुवात गर्यौं। अब आइएलटिएस तयारीदेखि विदेश अध्ययनका सम्पूर्ण जानकारी एआईमार्फत दिन थालेका छौं,” निरौलाले भने, “नेपालमै विकास गरिएको सफ्टवेयरले यस्तो सेवा दिन थालेपछि धेरैले विश्वास नै गर्न सकेनन्।”
भाषिकाका अर्का संचालक उत्सव तिम्सिना का अनुसार, परम्परागत कन्सल्टेन्सी प्रणालीलाई डिजिटलाइज गर्दै लीफ एजुकेशन को सहकार्यमा एआई टुल्सको अभ्यास गरिएको हो।
“विद्यार्थीलाई सस्तो, सरल र स्मार्ट सेवा दिने हाम्रो उद्देश्य हो। एआईमार्फत तथ्यमा आधारित निर्णय लिन सकिने भएकाले परामर्श प्रक्रिया अझ पारदर्शी र प्रभावकारी बन्नेछ,” तिम्सिनाले बताए। “साथै, यो सेवा निःशुल्क रहेकोले विद्यार्थीको समय र पैसाको बचत हुन्छ।”
भाषिकाको एआई काउन्सिलिङ सिस्टमबाटः आइएलटिएस मोक टेस्ट, रुचि अनुसार कोर्स छनोट, छात्रवृत्ति र शुल्क विवरण, विश्वविद्यालय खोजी, डिजिटल कागजात व्यवस्थापन, तथा भर्चुअल च्याटबटमार्फत तत्काल परामर्श सेवा जस्ता सुविधा पाइनेछ।
विदेश अध्ययन प्रक्रिया झन्झटरहित बनाउने लक्ष्यसहित भाषिकाले विद्यार्थीको रुचि, बजेट र लक्ष्यअनुसार उपयुक्त कोर्स, विश्वविद्यालय, देश र छात्रवृत्तिको सिफारिस गर्न एआईको भरपर्दो प्रयोग थालेको हो।
शैक्षिक परामर्शको डिजिटल युग आरम्भ गर्ने लक्ष्यसहित भाषिकाले भदौ दोस्रो साता काठमाडौंको होटल एभरेष्टमा आयोजित कार्यक्रममा आफ्नो नवीनतम सेवा प्रणालीको औपचारिक प्रदर्शन समेत गरिसकेको छ।