काठमाडौं, साउन १५
नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।
शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयाे ।
पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाउनु भएकाे हाे ।
१४ साउन २०८१, मङ्गलबार ०६:५१ मा प्रकाशित