गठबन्धनमा खटपट, जसपाले मन्त्री फिर्ता बोलायो

Jhalkonepal


काठमाण्डौं, बैशाख ९


पुर्व सहमती अनुसार मन्त्री नपाए पछि जसपाले लुम्बिनी सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ । नयाँ गठबन्धनबाट लुम्बिनीमा सरकार गठन हुदाँ जसपालाई दुइ मन्त्रालय दिने सहमती भएको जसपाले जनाएको छ । गत चैत्र २४ गते लुम्बिनीमा जसपा सहितको समर्थनमा माओवादीका जोखबहादुर महराले सरकार गठन गरेका थिए । महराले बैशाख ६, २०८१ मा मन्त्रीमण्डल विस्तार गर्दा, जसपाका भण्डारीलाल अहिरलाइ कृषि मन्त्रालयको जिम्मेवारी तोकेको थिए । 

सहमती अनुसार आफ्नो पार्टिले मन्त्रालय नपाएको भन्दै जसपाले अहिरलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टिको निर्णय अनुसार भण्डारीलाल अहिरले मुख्यमन्त्री जोखबहादुर महरालाई राजिनामा बुझाएका छन । अहिरले बुझाएको राजिनामा मुख्यमन्त्री र हाम्रो पार्टिको विच २०८० चैत्र २द्द गते भएको सहमती कार्यान्वयन नभएकोले राजिनामा  दिएको उल्लेख गरिएको छ  । 

लुम्बिनीमा सरकार गठन गर्दा मुख्यमन्त्री महराले जसपालाई दुइ मन्त्रालय, शहरी विकास  र कृषि तथा भुमि व्यवस्था दिने लिखित सहमती गरेका थिए । 

मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने जसपाले कायम नै राखेको छ । लुम्बिनी प्रदेश सभामा जसपाका ३ जना सांसद रहेका छन । ८३ सदस्यिय लुम्बिनी प्रदेश सभामा सरकार गठनको लागि ४४ जनाको समर्थन चाहिन्छ । मुख्यमन्त्री महरासंग ४४ जनाको मात्र समर्थन रहेको छ । 


प्रतिक्रिया