काठमाण्डाै, साउन १०
सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाइ बनाउने भएकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिवमा
बढुवा गर्ने निर्णय गरेको हो । नेपालकाे प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको
यो पहिलोपटक हो ।
यसअघिका मुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा लागेपछि गड्तौला गएको असार ३१ गते
कायममुकायम मुख्यसचिव बन्नुभएको थियो । उमेर हदका कारण उहाँ भदौ १५ गते सेवा
निवृत्त हुनुहुनेछ ।
९ साउन २०८१, बिहिबार ०८:३९ मा प्रकाशित