जुम्ला, भदाै २७
कर्णाली राजमार्ग पहिरोले पुनः अवरुद्ध भएको छ । गत रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
कालीकोटको
शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा
अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले
जानकारी दिए ।
उक्त
राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले
सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
लगातार
वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा
सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।
२६ भदौ २०८१, बिहिबार ०९:३३ मा प्रकाशित