काठमाडौं, भदौ २७
आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२६ भदौ २०८०, बुधबार ११:२३ मा प्रकाशित