काठमाडौं, पुस १२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने कांग्रेस प्रचार विभागले जनाएकाे छ ।
बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।
साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
११ पुस २०८०, बिहिबार ०८:४९ मा प्रकाशित