रुमा रिजाल
भदौ ५
विराटनगर ।
मुख्यमन्त्री थापा विरुद्व एमाले अदालत जाँदै
नेकपा एमाले मुख्यमन्त्रीको पक्षमा लिइएको विश्वासको मतका विरुद्ध नेकपा एमाले अदालत जाने भएको छ ।
कोशी प्रदेशमा असंवैधानिक ढंगले प्रदेश नियमावली र संविधानका धारालाई छलेर नियुक्त विश्वासको मत लिएको बिषयमा अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।
उनले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताए । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता कार्कीले एमालेसग अर्को विकल्प नभएको बताए ।
'प्रदेश नियामावली र सविधानका कुरालाई छलेर जाने ठाउँ छैन, त्यसका विरुद्द हामी कोर्ट जान्छौ, हामीसग अर्को विकल्प छैन ।' नेता कार्कीले भने ।
नेता कार्कीले पहिचानवादीहरुले आफ्ना माग राख्न र मुद्दा स्थापित गर्न राजनीतिक दल निर्माण गरी आउने कुरा ठीक भए पनि मूलधारका पार्टीका नेताले जातीय द्वन्द्व मच्चाउने र त्यसलाई उचालेर सिंहासन जोगाउने खेल खेल्नु निन्दनीय भएको बताए ।
'यो कसरी आइरहेको छ?, कुन शक्ति केन्द्रको उक्साहटमा भइरहेको छ सचेत हुनुपर्छ', नेता कार्कीले भने,'राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौम सत्ताविरुद्ध लाग्न खोजिएको त छैन?'