प्रधानमन्त्री 'प्रचण्ड'ले आज विश्वासको मत लिँदै

Jhalkonepal


काठमाढडाैं, असार २८

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज विश्वासको मत लिँदैहुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि  बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले चौथोपटक संसदबाट विश्वासको मत लिन लाग्नुभएकाे हाे । 

 एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्गेनुभएकाे हाे । 

२७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो।


प्रतिक्रिया