महानगरको चेतावनी बेवास्ता गर्दै काठमाडौका सामुदायिक विद्यालयका प्रअहरुको शिक्षक आन्दोलनमा ऐक्यबद्धता

Jhalkonepal

 

काठमाण्डौ , बसोज ३ 

  काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति परिपूर्ति गर्ने बताएका छन्। 

उनीहरूले संयुक्त विज्ञप्ति जारी आन्दोलनमा ऐक्यवद्धता जनाउने बताएका हुन्।ुसंघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंबाट जारी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशभरीको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने सुरू गरेको कार्यक्रमहरूलाई समर्थन छ, विज्ञप्तिमा भनिएको छ, अर्को सूचना नआएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै निर्णय गरेको छ।

यस्तै, विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने जनाइएको छ। 

ुआन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ।

यस्तै महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भने महानगरभित्रका कुनै पनि विद्यालयहरूले आन्दोलनका नाममा पठनपाठनमा क्षति पुर्‍याए कारबाही गरिने बताएका छन्।


प्रतिक्रिया