काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० रुपैयाँ निर्धारण भएको छ ।
१२ जेठ २०८३, बुधबार १२:१२ मा प्रकाशित