तोडफोड र आगजनी गरेको माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष प्रचण्डको स्थलगत अवलोकन

Jhalkonepal

काठमाडौं- जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थलगत अवलोकन गरेका छन्।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा केही दिनअघि अज्ञात समूहद्वारा आगजनी र तोडफोड गरिएको थियो। उक्त घटनाले पार्टी संरचना, कागजात तथा अन्य सामग्रीहरूमा क्षति पुर्‍याएको थियो। त्यसैको मूल्यांकन गर्न अध्यक्ष प्रचण्ड मंगलबार बिहान स्थलमै पुगेर निरीक्षण गरेका हुन्।

अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले घटनालाई “गम्भीर र लोकतान्त्रिक मूल्य विपरीतको कार्य” भन्दै खेद व्यक्त गरे। “पार्टी कार्यालयमाथिको आक्रमण कुनै पनि दृष्टिकोणले स्वीकार्य छैन। दोषीको पहिचान गरी कडा कारबाही सुनिश्चित गर्नुपर्छ,” उनले भने।

यसबीच, घटनासम्बन्धी अनुसन्धान अघि बढिरहेको र दोषी पहिचानको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया