त्रिकोणात्मक टि-२० सिरिजः हङकङ र नेपाल भिड्दै

Jhalkonepal

काठमाडौं , फागुन २७

त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्न लागेको हो । यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ । यो सिरिजमा नेपाल ,आयोजक हङकङ र पीएनजी सहभागी छन्।

नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आइतबारदेखि खेल्न लागेको हो ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको छ । फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

प्रतिक्रिया