काठमाण्डाै, जेठ १३
मुग्लिन–नारायणगढ सडक खण्डमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर डोजर चालकको मृत्यु भएको छ ।
बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा रहेको तीन नम्बर पुल नजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा बर्दियाकाे गेडुवा गाउँपालिका–४ स्थायी घर भएका ३८ वर्षीय मङ्गल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१२ जेठ २०८१, आईतबार ०२:३३ मा प्रकाशित