देशव्यापी रक्तदान महाअभियान अन्तर्गत मकवानपुरमा ३५२ जनाको रक्तदान

Jhalkonepal

मकवानपुर- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी मकवानपुरको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३५२ जनाले रक्तदान गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीद्वारा सञ्चालन गरिएको देशव्यापी रक्तदान महाअभियान अन्तर्गत मकवानपुरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका संयोजक तथा जिल्ला अध्यक्ष राजेश नगरकोटीका अनुसार अभियानले रक्त अभाव हटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

रक्तदान कार्यक्रममा मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, युवा संघका विभिन्न तहका नेता–कार्यकर्ता, पार्टीका जनवर्गीय संगठनका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा रक्तदानसँग सम्बद्ध सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नियमित रक्तदानले जीवन बचाउन सक्ने सन्देश फैलिने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया