भर्चुअलको माध्यमवाट प्रधामन्त्रीले गरे सिद्धार्थ राजमार्गको सुरुङ ‘ब्रेक थ्रु’

Jhalkonepal

लुम्विनी, माघ ११

आज सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्। १ किलोमिटर ८९ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको हो। ३ वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो।
सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।
अायोजनाको अनुसार सुरूङमार्ग ब्रेक थ्रु भए पनि गाडी चल्न अझै एक वर्ष बढि लाग्नेछ । सुरुङमार्गको काम २०८३ सालमा सक्ने योजना छ।

प्रतिक्रिया