सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

Jhalkonepal

काठमाडौँ : मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी मूल्य पाँच हजार ७१० रुपैयाँ कायम भएको छ । हिजो एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रुपैयाँ मा  खरिदबिक्री भएको थियो  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया