काठमाडौं, मंसिर १४
नेकपा एमालेको सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ ।
मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ।
दार्चुलाको झुलाघाटबाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा अाजदेखी सुरू हुदैछ । साे अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।
अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ। ठूला सभाहरू पनि एक डेढ घन्टाको हुने बताइएको छ।
१३ मङ्सिर २०८०, बिहिबार ०७:५६ मा प्रकाशित