काठमाण्डौ, असार २५
शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ ।
नेप्से परिसूचक
आज १५ दशमलव ७९ अङ्कले बढेको हो । परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार
एक सय ५२ दशमलव १४ विन्दुमा पुगेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको
छ ।
आज
पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबार भएको छ । गणपति लघुवित्त
वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक
सर्किट लाग्यो । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव
९१,
युनिक
नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको
शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।
आज
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक पाँच दशमलव ४७
प्रतिशत गुमाएका छन् । नेपाल फाइनान्सको सेयर ४ प्रतिशतले घटेको छ । हिजो चार अर्ब
५६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।