वाइडबडी प्रकरणः ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

Jhalkonepal


काठमाण्डाै,चैत २२

 वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको हाे  ।

३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया