साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने

Jhalkonepal

काठमाडौं , जेठ २१

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय गरिएको छ ।

प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ । २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३-१ ले जितेको थियो ।

प्रतिक्रिया