जनकपुरधाम , असार ७
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको गएराति हत्या भएको हो ।
अज्ञात
समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता
डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था
राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल
पुगेर अनुसन्धान गरिरहेको छ ।
६ साउन २०८१, सोमबार ०८:४९ मा प्रकाशित