काठमाडौं, मंशिर २
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त
राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालयमा आइतबार आयोजित
समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा. धनप्रसाद पण्डित (इजरायल) र प्रा.डा. कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले
शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त
अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
१ मङ्सिर २०८१, आईतबार ०६:३८ मा प्रकाशित