लुम्बिनी , असार
७
लुम्बिनी
प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त
भएका छन् ।
सोमबार
दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख
अमिक शेरचनले नियुक्त गरेका हुन् ।
एमालेका
२९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश
प्रमुख शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको
शपथ ग्रहणका लागि प्रदेश प्रमुखले मंगलबारकै तयारी गर्न अनुरोध गरेका छन् ।
६ साउन २०८१, सोमबार ०५:४६ मा प्रकाशित