बाढीले बगाएको दुई जना मृत अवस्थामा भेटिए

Jhalkonepal

दाङ । राप्ति नदिमा आएको वाढिले वगाउदा हराईरहेका २ जनालाई मृत अवस्थामा प्रहरीले  फेला पारेको छ। राजपुर वाट विहान दुधवेचेर फर्कने वेला लमहि नगरपालिका(७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको थियो भने एक जना बेपत्ता भएका राजपुर २ निवासि वर्ष १८ का राज कुमार यादवको शव माटोको ढिस्कोले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । 

त्यस्तै राप्ति नदिले बगाएका लमहि नगरपालिका ,८ वस्ने ६२ वर्षका मनिराम चौधरीलाई घर देखि ४ किलोमिटर तल मकै वारिमा मृत अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालय लमहिका प्रमुख प्रकास  भुषालले जानकारि दिनु भयो। मृतक दूवै शव आफन्तले सनाखत गरे पछि पोष्टमार्टमका लागि लमहि अस्पतालमा लगिएको छ।

राजपुर गाउँपालिका(२ का किसान दुध वेचेर लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए। राप्ति नदिमा फसेका अन्य दुई किसानलाई हिजै नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलामा खटिएका सुरक्षाकर्मीले उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनु भयो ।  उनीहरू सँगै रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएका थिए । 

प्रतिक्रिया