काठमाडौँ,
साउन ६
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका
छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि
राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ ।
साथै, विपक्षमा ७४ मत र एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद्
उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते
प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई
तिहाइ बहुमत पुग्नको लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर उनले त्यसको पनि चार मत
बढी पाएका हुन् ।
उनलाई एमाले, कांग्रेस,
जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक
समाजवादी पार्टी,
जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले
मत दिएका छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा
पार्टीले विपक्षमा मतदान गरेका छन् ।