काठमाडौं, माघ ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि
लामिछानेको थुनछेक वहस हेर्दाहेर्दैमा राखिएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको शुक्रबारको थुनछेक
बहस आजको लागि सकिएको छ ।
जिल्ला
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज जाहेरीवालाका तर्फबाट २ जना र
प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । जाहेरवालाका तर्फबाट
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतम र प्रतिवादीका तर्फबाट वरिष्ठ
अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका हुन् ।
तर, बहस नसकिएपछि मुद्दा
हेर्दाहेर्दैमा राखेर प्रतिवादी लामिछानेलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८
वकिलले आइतबार बहस गर्नेछन् ।